Rule 9
दर्ता किताब
(१) समितिले यस नियमावली बमोजिम प्रदान गरिएको इजाजतपत्रको अनुसूची–८ बमोजिमको ढाँचामा र अस्थायी इजाजतपत्रको अनुसूची–९ बमोजिमको ढाँचामा दर्ता किताब खडा गरी अद्यावधिक बनाई राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दर्ता किताबमा यो नियमावली प्रारम्भ हुनु अगावै प्रचलित कानून बमोजिम प्रदान गरिएको इजाजतपत्र र अस्थायी इजाजतपत्रको अभिलेख समेत दुरुस्त बनाई राख्नु पर्नेछ ।